तपाईँ सुन्दै हुनुहुन्छः

एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको १०औँ बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । 

मङ्गलवारदेखि सुरु भएर आज सकिएको बैठकले नेतृत्वको तर्फबाट पार्टीका नेताहरूलाई समेट्ने अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकाल्दै बाटो बिराएका, कम्युनिष्ट आन्दोलनको अहित हुने गरी गतिविधिमा संलग्न भएका नेताहरूलाई कमी कमजोरी सच्याएर आउन बैठकले अपिल गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

May be an image of 7 people, including Bhanu Bhakta Dhakal, people standing, people sitting and indoor

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहनेहरूलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताउनुभएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button