तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक जना पक्राउ

टीकापुर कैलाली । लागु औषधसहित पक्राउ परेका एक जनालाई कैलाली प्रहरीले आज सार्वजनिक गरेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ भन्सार सडक खण्डबाट गए राति पक्राउ परेका भन्सार नजिक बस्ने २१ वर्षीय शैलेस अवस्थीलाई सार्वजनिक गरेको हो । 

अवस्थीको साथबाट प्रहरीले २ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । 

उनलाई लागु औषध खैरो हिरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव प्रतीक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button