तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत प्रविधि हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत प्रविधि हस्तान्तरण गरिएको छ ।

गत आर्थिक वर्षको बजेटबाट खरिद गरिएका सामग्रीहरू बिहीबार एक कार्यक्रमका बीच लक्षित वर्गलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले कार्यक्रममा समावेश भई सीप आर्जन गरेका नागरिकहरूले लगनशीलतापूर्वक स्वरोजगार प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रमले ग्रामीण क्षेत्रमा समूहमार्फत भइरहेका कार्यहरूलाई सहयोग पुर्‍याउने बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले विश्वास व्यक्त गर्नुभयो । 

बेलडाँडी गाउँपालिका वडा नम्बर ३ र ५ मा गत वर्ष देखि कार्यक्रम लागू गरिएको सामाजिक विकास शाखा अधिकृत हेमराज रेग्मी जोशीले बताउनुभयो । अन्य वडाहरूमा चालु आर्थिक वर्षबाट कार्यक्रम लागू हुन लागेको छ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत छनौट भएका नागरिकहरूको स्तरोन्नति तथा पुराना उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button