तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु

रोल्पा । रोल्पामा खोप लगाउन छुटेका गाउँपालिकाहरूमा कोरोना विरुद्धको खोप आजदेखि लगाउन सुरु गरिएको छ । 
 

यही साउन ३ र ४ गते खोप लगाउन छुटेका गाउँपालिकाहरूमा आज र भोलि दुई दिनसम्म कोभिड–१९ संक्रमण विरुद्धको खोप लगाउन थालिएको हो । 

गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरूबाट कोभिड–१९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप आज लगाइएको छ । खोप कार्यक्रम भोलिसम्म हुने छ । 

सुनिल स्मृति, सुनछहरी, लुङ्ग्री र सरिवर्तन गाउँपालिका मातहतका स्वास्थ्य संस्थाहरूमा भेरोसेल खोप लगाउन थालिएको हो । 

खोप लगाउन पाउने लक्षित समुहरुमा ५५ वर्ष उमेर माथिका सबै जना विश्वविद्यालय, विद्यालयमा कार्यरत प्राध्यापक, शिक्षक, शिक्षिका, अन्य कर्मचारी, सार्वजनिक यातायातका साधनमा कार्यरत चालक, सहचालक खोप अनिवार्य गरेका देशमा जाने नागरिक, खोप लगाउन छुटेका नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरूलाई सम्बन्धित कार्यालय/संस्थाको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button