रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटा र प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयबीच सम्झौता

विराटनगर । प्रदेश न १ सरकारले गरेका विकास निमार्ण लगायत विभिन्न गतिविधिका बारेमा स्थानीय स्तरमा जानकारी गराउन रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटा र प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बीच आज सम्झौता भएको छ ।
सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट मन्त्रालयका उपसचिव एवं प्रवक्ता कमलबहादुर थापा, सूचना अधिकारी विजयकुमार मगर तथा रेडियो नेपालको तर्फबाट वरिष्ठ सम्पादक तिलविक्रम चेमजोङ तथा वरिष्ठ व्यापार सहायक देवकला कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
एक वर्षभरि प्रदेश सरकारका सबै मन्त्रालयले गर्ने काम तथा गतिविधि लगायत १४ जिल्लामा हुने कार्यक्रम समेटेर स्थानीय स्तरमा छलफल, संवाद तथा अन्तरक्रिया सञ्चालन गर्ने गरी सम्झौता भएको रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले जानकारी दिनुभयो ।
साप्ताहिक रुपमा प्रसारण हुने सो कार्यक्रम ५२ अङ्कसम्म प्रसारण हुने र मन्त्रालयसँग १५ लाख बराबरको सम्झौता भएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा पनि प्रदेश सरकार र प्रादेशिक प्रसारण केन्द्र धनकुटा बिच प्रदेश डायरी कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको र कार्यक्रमको प्रभावकारिता देखेर यो वर्ष पनि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सम्झौता गरेको प्रवक्ता थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्