तपाईँ सुन्दै हुनुहुन्छः

पुष्पलाल स्मृति दिवसका अवसरमा रक्तदान

स्याङ्जा  । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा वालिङमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । 

राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी स्याङ्जाको आयोजनामा ‘रक्तदान जीवनदान जीवनदान महादान’ भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरिएको हो । 

रक्तदान कार्यक्रममा १२ जना महिला र १७६ पुरुष गरी १८८ जनाले रक्तदान गरेका छन् । सङ्कलित १८८ युनिट रगत पोखरा लगिएको छ ।
रक्तदान कार्यक्रममा समाजसेवी कृष्ण खाँणलाई रक्तव्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो । वालिङ १ का खाँणले बिहीबार ४०औँ पटक रक्तदान गर्नुभएको छ । राजनीति तथा समाजसेवामा सक्रिय खाँणले अहिलेसम्म ४०औँ पटक रक्तदान गरेको बताउनुभयो । 

रक्तदान कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज सिता सन्दासले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवसका अवसरमा युवा सङ्घले आयोजना गरेको रक्तदानले रगत अभावमा जीवन र मृत्युसँग लडिरहेकाहरूका लागि जीवनदान हुने बताउनुभयो । 

उहाँले पुष्पलालको ऐतिहासिक भूमिका र योगदानप्रति नेपाली समाज आभारी रहेको भन्दै पुष्पलालले पुष्पलालले देखाउनुभएको मार्गमा कम्युनिष्ठ पार्टी हिँड्नुपर्ने बताउनुभयो । 

रामेछापको भँगेरीमा विक्रम संवत् १९८१ असार १५ गते जन्मिनुभएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । 

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button