भालुको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवन माडी पाण्डव नगरमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा नं. १ पाण्डव नगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्