तपाईँ सुन्दै हुनुहुन्छः

यातायात र परीक्षालाई खुकुलो गरी साउन १५ सम्म निषेधाज्ञा लम्ब्याइयो

चितवन । लामो तथा छोटो दुरीका अत्यावश्यक यात्रुबहाक बस र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी साउन १५ सम्मका लागि चितवनमा निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्लामा सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेको भन्दै निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । जारी निषेधाज्ञा आज बिहीबार राती १२ बजे सकिंदैछ ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा अघिल्ला निषेधाज्ञा भन्दा केही खुकुलो गरिएको जनाइएको छ । अत्यावश्यक यातायात र परीक्षाका तालिका बाहेक अन्य नियमहरू पुरानालाई निरन्तरता दिइएको छ ।

‘अत्यावश्यक लामो तथा छोटो दुरीका यातायात र केही लोकसेवा, चिकित्सा शास्त्रका परीक्षालाई यस पटक खुकुलो बनाइएको हो ।कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले भन्नुभयो । उहाँका अनुसार यसअघि जिल्लामा जोर बिजोरको आधारमा निजी तथा भाडाका सवारी सञ्चालनमा आएपनि भोलिदेखि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा अत्यावश्यक छोटो तथा लामो दुरीका सवारीसाधनलाई अन्र्तजिल्ला प्रवेश गर्न दिइने छ ।

यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न पाइने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button