भरतपुरमा एक पुरुषको शव भेटियो

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो । घटना स्थलमा गोलीको खोका भेटिएको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्