तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको विद्युत् समस्या अस्थायी रुपमा समाधान

 पाल्पा । पटक पटक अवरुद्ध हुने पाल्पाको बिद्युत् समस्या केही समयको लागी भएपनी समाधान भएको छ । बुटवल पाल्पा प्रसारण लाइन जङ्गल तथा सडक पहुँच भन्दा टाढा भएकाले समस्या आउँदा मर्मत गर्न निकै समय लाग्ने गर्थ्यो । तर पाल्पामा बुधवारबाट गल्याङ् प्रसारण लाइन जोडिएको छ ।

वर्षात वा हिउँद जुन सुकै समय समस्या आउने दोभान क्षेत्रको जङ्गलको लाइनका कारण पाल्पाका विद्युत् उपभोक्ताहरू हैरानीमा परिरहेका थिए ।अब पटक पटक लाइन जाने र जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था अब नआउने विद्युत् कार्यालय पाल्पाले जनाएको छ । गल्याङ्बाट लाइन जोडिएपछि त्यो समस्या केही समाधान हुने विश्वास उपभोक्ताहरूको छ ।

बुधवार पनि बुटवल पाल्पा बिद्युत् लाइनमा समस्या आएको र त्यो मर्मत गर्न कम्तीमा ३ दिन लाग्ने बिद्युत् कार्यालय पाल्पाले जनाएको छ । बुधवार बाटै गल्याङ्गको लाइन जोडिएको पाल्पा वितरण केन्द्रले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button