सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याल आजदेखि अनिवार्य अवकाशमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरी प्रसाद बस्यालले आजबाट अनिवार्य अवकाश पाउनुभएको छ।
सञ्चार मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिरहनुभएका सचिव बस्यालले नेपालको सरकारको विशिष्ट श्रेणीबाट अनिवार्य अवकाश पाउनुभएको हो ।

एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नु भएका सचिव बस्याल २८ महिना अघि सहसचिवबाट सचिवमा बढुवा हुनु भएको थियो । सचिवमा बढुवा भएपछि उहाँको पदस्थापन गण्डकी प्रदेश प्रमुख सचिवमा भएको थियो । उहाँले २०७६ वैशाख ५ गतेदेखि २०७७ साउन ११ गतेसम्म १५ महिना प्रमुख सचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

आजबाट अनिवार्य अवकाश पाउनुभएका सचिव बस्यालको मन्त्रालयबाट औपचारिक बिदाइ भने भोलि (बिहीबार) मात्र हुने भएको छ । मन्त्रालयले आज सार्वजनिक बिदा परकोले उहाँको औपचारिक बिदाइ भोलि मात्र हुने जनाएको छ ।
रेडियो नेपालको सञ्चालक समितिको अध्यक्ष समेत रहनुभएका सचिव बस्याललाई रेडियो नेपालको सञ्चालक समितिले पनि औपचारिक रूपमा बिदाइ गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्