सवारी कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन
अछाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले एक वर्षको अवधिमा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी साधनबाट २६ लाख बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७७–०७८ मा ४ हजार २ सय बढी सवारी साधनलाई गरिएको कारबाहीबाट २६ लाख २९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय अछामका प्रहरी निरीक्षक वीर बहादुर विष्टले जानकारी दिनुभयो । उहाँले गाउँदेखि सहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्घन भई रहेको भन्दै यसलाई थप व्यवस्थित बनाउन लागिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्