तपाईँ सुन्दै हुनुहुन्छः

होटल भत्किदा दुई जना घाइते

सल्यान । सल्यानमा एक होटल भत्किदा दुई जना घाइते भएका छन् । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११ गंगटेमा विनोद शाहीले सञ्चालन गर्दै आइरहेको तीन तले पक्की भेरी हाइवे होटलको जग भासिएर घर पूर्ण रुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घर भत्किदा ग्राहक कुमाख गाउँपालिका –२ बस्ने ५० वर्षीय लिल बहादुर रावत र सोही होटलमा काम गर्ने रुकुम पश्चिम सानो भेरी गाउँपालिका –८ का १३ वर्षीय युवराज डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो । घाइते दुवै जनाको सुर्खेतमा मेहलकुनामा उपचार भइरहेको उहाँले जनकारी दिनुभयो ।

घर भत्किदा घरभित्र रहेका समान पुरिएको प्रहरी र स्थानीयको सहयोगमा अहिले उद्धार कार्य भइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button