तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


बनगाड कुपिण्डे नगरपालिका –५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दीप परियारको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको छ । 


मङ्गलवार साँझ ८ बजेतिर एक आपसमा झगडा गर्ने क्रममा १२ वर्षीय बालकले जुत्ता सिलाउने सियोले बाँया कानमा हानेपछि घाइते भएका परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 


यस्तै कालीमाटी गाउँपालिका–३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । 


मृत्यु हुनेमा कालीमाटी गाउँपालिका –२ सिमल कुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको सूचना अधिकारी पौडेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button