गण्डकी प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका शाही चयन

पोखरा । गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चयन हुनु भएको छ ।
समितिमा सत्ता पक्षीय गठबन्धनका सात र एमालेका छ जना सदस्य रहेका छन् । ।
सभापति चयन हुनुभएका शाहीले मङ्गलवार सभामुख नेत्रनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो । शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्थ्यो ।
गण्डकी प्रदेशसभाको असार ३० गते बसेको बैठकले शाहीलाई प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो ।
प्रदेशसभामा जनमोर्चाका तीन सांसद मध्ये कृष्ण थापा पदमुक्त भएसँगै शाही र पियारी थापा मात्र सांसद हुनुहुन्छ । पियारी थापालाई यस अघि प्रदेश संसदीय दलको बैठकले संसदीय दल नेता चयन गरिसकेको छ ।
यसअघि उक्त समिति सभापतिमा जनमोर्चाकै सांसद कृष्ण थापा थिए । मुख्यमन्त्रीलाई गत ४ असारमा विश्वासको मत नदिएपछि थापालाई पार्टीले कारबाही गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्