तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई जना पक्राउ

टीकापुर कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषधसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ ।

भजनी नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय दिनेश चमार र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय केशर राईलाई आज सार्वजनिक गरेको हो । 

चमारलाई भजनी नगरपालिका वडा नम्बर १ स्थित महोन्याल सामुदायिक वनबाट ५ ग्राम खैरो हिरोइनसहित र राईलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट ३० ट्याब्लेट जाइट्राभेट र १६ ट्याब्लेट स्पाससहित हिजो पक्राउ गरेको थियो । 

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत कैलालीबाट म्याथ थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button