घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्