तपाईँ सुन्दै हुनुहुन्छः

साउन ६ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले बकर इदको अवसरमा बुधवार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधवार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button