९ वर्षमा १३ सिडिओ फेरिए, तैपनि जिप्रकाको भवन अलपत्र
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको जिल्ला प्रशासन कार्यालयको भवन जिल्ला समन्वयको भवनमा सरेको छ । जनतालाई सुविधा दिने योजनाले प्रशासन कार्यालय भाडाको भवन बाट समन्वयको भवनमा सरेको हो ।
जिल्लाको अन्य निकायले गल्ती गरेमा कानुनी कठघरामा उभ्याउने अधिकार पाएको प्रशासन निकायले आफ्नो भवन भने ९ वर्ष हुँदा समेत निर्माण सम्पन्न गर्न सकेको छैन । विगत ९ वर्षदेखि प्रशासन कार्यालय भाडामा बस्दै आएको थियो ।
जिल्ला प्रशासन भवन निर्माण नहुँदा अहिले समन्वयको भवनमा बस्न वध्य छ । प्रशासन कार्यालय सञ्चालन गरेबापत पहिले पटक बसेको कार्यालय र सिडिओ र सायक सिडिओको क्वाटरको मासिक ९७ हजार रुपैयाँ भाडा तिर्दै आएको थियो ।
तर २०७६ साल असोज ५ गतेबाट नयाँ अर्को घरमा सरेको कार्यालय र घरको र सिडिओको क्वाटरको भाडा भने मासिक १ लाख ५१ हजार तिर्नु पर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
निर्माणाधीन भवनमा ठेकेदारले ल्याएका विभिन्न चरणका निर्माण सामाग्री तथा विभिन्न निकाय बाट शौचालयका सामाग्री, सिमेन्ट तथा पाइपहरू भने भण्डारणका क्रममा यत्रतत्र अवस्थामा छरिएर र समय सीमा नाघेर पनि भण्डारन्मै बिग्रिएको अवस्थामा रहेको छ ।
२०६९ साल वैशाख १२ गते भवन निर्माणको लागी पहिलो पटक सम्झौता भएको थियो । सम्झौता अनुसार ४ करोड ३२ लाख ५ हजार १ सय १२ रुपैयाँ ४८ पैसामा भ्याट बाहेक सम्झौता भएको थियो । तर पछि पटक पटक म्याद थप्दा २०७० साल साउन १२ गते म्याद थप्दा डेढ वर्षको लागी म्याद थपिएको थियो ।
२०७१ पौष महिनामा सिद्ध्याउनुपर्ने सझौता रहे पनि ठेकेदारले लार्पवाही गरेका कारण समय सीमाभित्र भवन बन्न सकेन ।
प्रशासन कार्यालयको भवन निर्माण सुरु भए पछि जिल्लामा १३ जना सिडिओ फेरिए तर भवन निर्माणमा चासो दिएता पनि निर्माण कम्पनी सँगको मुद्दाका कारण अझै भवन सम्पन्न हुन नसकेको हालका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले भवनको अवस्था नाजुक रहेको र अफिस कोठा समेत अपुग रहेकोले भाडामा बस्न बाध्य भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्