तपाईँ सुन्दै हुनुहुन्छः

जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई जोखिम भत्ता नदिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । 


उनीहरूले मङ्गलवारदेखि आफु कार्य गर्ने स्थलमा हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन गरेको जीतपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जाबिद हुसैनले जानकारी दिनुभयो । 

आइतबार सम्म पनि जोखिम भत्ता नपाए नगरभित्रका सम्पुर्ण स्वास्थ्य चौकीहरू बन्द गरी उपमहानगरपालिकाको मूल गेटमा धर्ना दिने उनीहरूले जनाएका छन् । अति आवश्यक सेवाहरू भने नगरपालिकाकै प्राङ्गणमा प्रदान गरिने जानकारी गराइयो । 


कोरोनाको समयमा बिदा लिई घरमा बस्ने प्रशासनका कर्मचारीले जोखिम भत्ता पाउने तर दिनरात स्वास्थ्य क्षेत्रमा जोखिम लिएर काम गर्ने स्वास्थ्यकर्मीले  जोखिम भत्ता नपाउनुको जवाफ उपमहानगरपालिकाले दिनुपर्ने एक स्वास्थ्यकर्मीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button