तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनामै १७ लाखको सडक भासियो

 

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ । 

२ सय ८७ मिटर लम्बाइको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानीयहरूले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् । नगरपालिकाको झण्डै १७ लाखको लागतमा निर्माण भएको उक्त सडक गुणस्तरहीन बन्दा नगरपालिकाले भने अहिले सम्म चासो दिएको छैन । जनताको करको रकम यसरी कालोपत्रेको नाममा चरम दुरुपयोग र भद्दा मजाक देखिएको छ ।

निर्माण सम्पन्न हुँदा देखि नै सडक भासिन थालेको स्थानीय लगुं थारुले बताउनुभयो । सडकमा कमसल सामाग्री प्रयोग हुँदा सडक भासिएको छ,विकासको नाममा गुणस्तरहीन सडक निर्माण गर्नु गलत हो, थारुले भन्नुभयो । नयाँ माटो पटानका कारण भासिएको हुन सक्ने नगपालिकाका प्राविधिक वसन्त पन्थीले बताउनुभयो । “सडक भासिएको कुरा आएको छ, त्यो सडक निर्माण कम्पनीले पुन सडक बनाउने छ, पन्थीले भन्नुभयो ।

निर्माण कम्पनी खनाल निर्माण सेवाले भने स्टिमेट अनुसार नै काम गरेको जनाएको छ । निर्माण कम्पनीका खिमलाल खनालले गुणस्तरीय सडक बनेको दाबी गरेका छन् । यसरी निर्माण भएको पाँच महिनामै सडक भत्किदा नगरपालिकाकै मिलोमत्तोमा कमसल सामाग्री प्रयोग गरिएको नागरिकहरूले आंशका गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button