तपाईँ सुन्दै हुनुहुन्छः

एमाले नेताहरूको पहलमा ‘आइटी आर्मी’ गठन

भक्तपुर । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको ‘आइटी आर्मी’को संयोजकमा चन्द्रभुषण शाह रहेका छन् । 


‘आइटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यसले समाजको विकृति, बिसंगतीबिरुद्ध जनचेतना अभिवृद्धि गर्ने बताउनुभयो ।


कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलले ‘आइटी आर्मी’ले सूचना प्रविधिमार्फत उत्पीडित जनताको पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

‘आइटी आर्मी’ सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन रहने संयोजक शाहले बताउनुभयो ।


आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ भने प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button