तपाईँ सुन्दै हुनुहुन्छः

कमलाको बाढीले तटबन्ध कटान गर्दै, ३ पालिका उच्च जोखिममा

जनकपुरधाम । विगत केही दिनको वर्षापछि कमला नदिमा आएको बाढीका कारणले नदिमा गरिएको तटबन्ध कटान गरेपछि सो क्षेत्रका ३ वटा पालिका उच्च जोखिममा परेका छन् । 


धनुषा जिल्लाको सवैला नगरपालिका वडा नंं १३ को किरतपुरमा कमला नदिले तटबन्धको करिब ६ सय मिटरमा भाग कटान गरेपछि त्यसको नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका अतिरिक्त स्थानीय बासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।


कटान क्षेत्रमा अहिले बोरामा बालुवा, माटो राखेर, नाइलनको डोरी, बाँस, रुखहरूको प्रयोग गरेर नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनुभयो । 


कटान भएको ठाउँमा नदी निक्कै गहिरो भएका कारणले नियन्त्रणमा कठिनाइ भइरहेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईले जानकारी दिनुभयो ।

वर्षा नरोकिएको खण्डमा धनुषा जिल्लाको सवैला, कमला नगरपालिका तथा जनकनन्दनी गाउँपालिकामा बाढीको पानी प्रवेश गरेर नराम्रोसँग प्रभावित हुने भएकाले सो पालिकाका स्थानीय बासीलाई उच्च सतर्क भएर बस्नका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।


आज राति वर्षा भएको खण्डमा कमला नदिको पानी बस्तीमा प्रवेश गरेर अरबौँको क्षति हुने अवस्था रहेकाले गृह मन्त्रालयले तत्काल नदी नियन्त्रणका आपतकालिन रुपमा ५० लाख रकम निकासा गर्न लागिएको प्रमुख जिल्ला अधिकारीले बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button