तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका विपन्न परिवारलाई सोलार वितरण

 

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ का ३९ विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ । विद्युतको पहुँचबाट वञ्चित विपन्न समुदायलाई शनिबार सोलार वितरण गरिएको हो । 

विद्युतको पहुँचबाट वञ्चित र आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई सोलार वितरण गरिएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई सल्यानले जनाएको छ । 
बत्ती नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न समुदायको समस्यालाई ध्यानमा राखी ३९ घरपरिवारलाई सोलार वितरण गरिएको जिल्ला आयोजना समन्वय इकाई सल्यानका प्रमुख चूडामणि खतिवडाले बताए । प्रतिघरधुरी १४ हजारका दरले ५० वाटको सोलार वितरण गरिएको उनको भनाई छ । आशा परियोजनाको ५ लाख ४६ अनुदान र प्रतिघर १ हजार ३ सय लगानी रहेको खतिवडाको भनाई छ । 

सोलार बत्ती पाएपछि वडाका नागरिक निकै खुशी भएको वडाध्यक्ष मोमत रोकाले बताउनुभयो । ८० घरपरिवारका लागि सोलार माग भए अनुसार आर्थिक व्यवस्थापन हुन नसक्दा पहिलो चरणमा ३९ घर र बाँकी अन्य घरपरिवारलाई पनि वितरण गरिने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button