तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुसँग बढी भाडा लिने २३ सवारी साधन कारबाहीमा

बीरगंज । २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले बारा, पर्सा, रौतहट, सर्लाहीबाट काठमाडौँ जान लागेका विभिन्न २३ सार्वजनिक सवारी साधनले यात्रुलाई बढी भाडा लिएको भेटिएपछि कारबाही गरिएको जनाएको छ । 


११ वटा बस र १२ वटा टाटा सुमोले २ सय ४९ जना यात्रुहरूसँग बढी भाडा लिएको प्रमाणित भएपछि कारबाही गरिएको २ नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । 

२ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आज सवारी साधन चेकजाँचको क्रममा प्रचलित भाडादर भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गरेको अवस्थामा बढी भाडा लिने २३ वटा सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै यात्रुसँग बढी भाडा लिएको ४७ हजार रुपैयाँ फिर्ता गरिएको जैसवारले बताउनुभयो । 


यात्रुको बढी रकम फिर्तापछि ट्राफिक प्रहरीले पहिलो पटक चेतावनी स्वरूप सवारी साधन तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को उपदफा २ ख अनुसार प्रत्येक सवारीलाई ५ हजार रुपैयाँको दरले १ लाख १५ हजार रुपैयाँ जरिवाना गरी सवारी साधन छाडिएको जैसवारले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button