सर्पको टोकाइबाट एक महिलाको मृत्यु
रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ४ ठुलो नम्जा निवासी ३४ वर्षीय भिमला विकको सर्पले टोकेर मृत्यु भएको छ ।
सोमवार राति साँढे ८ बजेको समयमा खाना खाएर सुतेको बेला उनलाई सर्पले डसेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतक विकका २ छोरा र १ छोरी घरमा भएको तथा श्रीमान् वैदेशिक रोजगारीको लागि मलेसियामा रहेको स्थानीय विशाल विकले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्