तपाईँ सुन्दै हुनुहुन्छः

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका करिब दुई दर्जन सांसदहरूको उपस्थिति छ । 

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउने उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button