तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

file photo

काठमाडौँ । आज देशभर ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१३ हजार १ सय ३५ नमुनाको पीसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमणबाट आज १ हजार ५ सय ९५ जना निको भएका छन् । यो सँगै नेपालमा सङ्क्रमणबाट हालसम्म ६ लाख ३४ हजार ९ सय २७ जना निको भइसकेका छन् ।

सङ्क्रमणका कारण आज थप २५ जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ६ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button