बागलुङको काठेखोलामा भिरबाट लड्दा एक जनाको मृत्यु

बागलुङ। बागलुङ काठे खोला गाउँपालिका वडा नं. ५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। काठे खोला गाउँपालिका वडा नं. ५ का स्थानीय इन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मङ्गलवार बिहान साढे ८ बजेको समयमा घाँस काट्दै गर्दा भिरबाट लडेका पुनलाई सुनापोखरीका स्थानीयले देखेपछि उद्धार गर्दा गर्दै उनको मृत्यु भएको बताइएको छ।
घाँस काट्दै गर्दा लडेका उनको टाउको गम्भीर चोट लागेको बताइएको छ। घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्