चन्द्रनहर फुट्दा सप्तकोसीका सयौँ घर डुबानमा

सप्तरी । सोमबार साँझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्किएको छ ।
सप्तकोसी नगरपालिकामा रहेका स्थानीय जुटपानी ,सत्रापत्र ,अमहा, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर दुई ठाउँमा भत्काएको स्थानीय दिपेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ ।नगर क्षेत्रमा रहेका खहरे खोला खोलाको बाढीको निकास नहुँदा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो ,दाहालले भन्नुभयो ।

बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन् । रातको समयमा आएको बाढीले सप्तकोसी ४ मा मात्र एक सय भन्दा बढी घर डुबानमा परेका छन् ।नगरप्रमुख उत्तम कुमार शर्माका अनुसार सप्तकोसी नगरपालिकाका वडा नम्बर १, २, ४ र ११ का घर डुबेका हुन् । ती घरहरूमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण सङ्कलन भइरहेकोले क्षति कहाँ कस्को कति भएको आउन बाँकी रहेको नगर प्रमुख शर्माले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्