तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकी भन्सारले गत आर्थिक वर्षमा ३७ करोड ३९ लाख बढी राजस्व सङ्कलन

कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा रु ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।पटक पटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आ.व २०७७/७८ मा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको हो ।रु ३५ करोड ६७ लाख ८८ हजार सङ्कलनको लक्ष्य रहेकामा रु ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरिएको र जुन लक्ष्य भन्दा १०४.०८ प्रतिशत बढी रहेको कार्यालय भन्सार अधिकृत सूचना अधिकारी प्रमानन्द जोशीले जानकारी दिनुभयो ।

उहाँले कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गने कार्यमा कुनै प्रभाव नपरेको बताउनुभयो ।गड्डाचौकी भन्सार भएर खाद्यान्न, फलफूल, तरकारी ,कपडा र टायल्स लगायतका सामानहरूबाट बढी राजस्व उठाएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button