तपाईँ सुन्दै हुनुहुन्छः

पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना

पोखरा।  कास्कीको ऐतिहासिक स्थल पुम्दीकोटमा विशाल महादेवको मूर्ति स्थापना गरिएको छ । पोखराको पुम्दीकोटमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा बसेजस्तै गरी महादेवको मूर्ति निर्माण गरिएको हो । सिंह आसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्ति भारतको मथुरामा निमार्ण गरिएको हो ।करिब ८ महिनाअघि भारतबाट आएको मूर्तिको विभिन्न भागलाई कालिगढले मूर्ति जडान गरेसँगै मूर्ति रङ्ग रोगनको काम सम्पन्न भएको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

कोरोनाका कारण मूर्ति स्थापनामा केही ढिलाइ भएको भन्दै अध्यक्ष बरालले देशको अवस्था हेरिकन आगामी असोज महिनामा उक्त मूर्तिको उद्घाटन गरी आम पर्यटक एवं भक्तजनलाई दर्शनका लागि खुला गरिने बताउनु भयो । उहाँले भन्नु भयो “अघिल्लो वर्ष कोरोना प्रभावका बेला पनि हामीले एक दिन काम रोकेनौँ, यस वर्षको दोस्रो लहरको कोरोनामा पनि हामीले भौतिक निर्माणको कामलाई रोकेका छैनौँ, हामीले सीमित कर्मचारीबाट आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी विकास निर्माणलाई अघि बढाएका छौँ । पुम्दीभुम्दीको १३ सय मिटरको उचाइको पुम्दीकोटमा भ्यु टावर निमार्ण गरिएको छ ।

पुम्दीकोट सरकारले प्रवर्द्धन गरिनुपर्ने गन्तव्य सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल हो । पुम्दीकोट विकास समितिको सक्रियतामा २२ रोपनी क्षेत्रफलमा ४० करोड लागतमा ५१ फिट उचाइको मूर्ति राख्ने काम सम्पन्न भएको समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक बरालले जानकारी दिनु भयो । अहिले सम्म ५० प्रतिशत काम भइरहेको उहाँले बताउनु भयो । निर्माण कार्यलाई निरन्तरता दिन ऋण समेत लिएर काम गरिरहेको बरालले वताउनु भयो । विशाल मादेव मूर्ति निमार्णसँगै पोखरामा पर्यटकको बसाई एक दिन लम्बीने समितिको विश्वास छ । पोखराको मुख्य बजार क्षेत्रबाट झन्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यका सहित हिमाली शृङ्खलाको पनि अवलोकन गर्न पाउनु पर्यटककालागि नयाँ आकर्षण रहेको हो ।

२०७३ साल फागुनमा महाशिवपुराण लगाउँदा ५ करोड १८ लाखसहित १० रोपनी जग्गा दान प्राप्त भएको हो ।मूर्ति निर्माणकालागि सङ्घ, प्रदेश सरकार र पोखरा महानगरपालिका लगायत विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् बृहत् गुरुयोजना अनुसार पहिलो चरणमा महादेवको मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेको १०८ शिव लिङ्ग, स्वर्गद्वारी सिँढी, सप्त ऋषि, लगायतका संरचना निमार्ण भएका छन् । दोस्रो चरणमा वगैचा ,ज्येष्ठ नागरिक मिलन केन्द्र , वाटर फाउन्टेन , शहिद पार्क , मानव बस्तीको इको सिस्टमको श्रव्य दृश्य , व्यापारिक प्रयोजनका सटरहरुको निमार्ण हुने बरालले बताउनु भयो ।

पुम्दीकोटमा शिव मूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने समितिको विश्वास रहेको छ । कास्कीका राजा कुलमण्ड शाहाले अन्य ठाउँमा युद्ध गर्न जादा शति आर्जनको लागी पुम्दीकोटमा भुमेको पूजा गरेर मात्रै जाने गरेको किंवदन्ती छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button