बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज।बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो । असार २३ गते कोरोना पुष्टि भएपछि त्यसै दिन अस्पताल भर्ना भएका उनको आज बिहान सवा ८ बजे मृत्यु भएको हो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७४ जना र बाँकेका ३२१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्