तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को टोली बालकोट पुगेको छ ।

ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबुँदे सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button