जुम्लाका गाउँ गाउँमा पुग्दै सिम्पलको फाइबर इन्टरनेट सेवा

जुम्ला । सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीले विगत देखि जुम्लाका दुर्गम गाउँ गाउँमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
सङ्घीयतापछि संरचनाहरू गाउँ केन्द्रित भएपछि इन्टरनेटको सेवा पनि सिम्पलले गाउँ गाउँमा पुर्याएको थियो । जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिका, सङ्घसंस्था होटेल व्यवसाय सबै क्षेत्रमा सिम्पलको फास्ट इन्टरनेट सञ्चालन हुँदै आएको थियो ।
गाउँ गाउँमा इन्टरनेटको माग र आवश्यकतालाई मध्यनजर गर्दै सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीले सिम्पलको फाइबर टु द होम इन्टरनेट सेवामा पनि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
सिम्पलको फाइबर टु द होम इन्टरनेट सेवाको औपचारिक उद्घाटन गएको असार २४ गते सूचना विभागका महानिर्देशक गोगन हमालले गर्नुभएको थियो ।
असारमा बजेट भुक्तानीको चटारो भएपछि जुम्लाका विकासे कार्यालयहरूले सिम्पलको फाइबर इन्टरनेट सेवा अत्यधिक प्रयोग गरे । माग अनुसार गाउँमा पनि सिम्पलको फाइबर इन्टरनेट पुर्याउने लक्ष्य अनुसार पहिलो पटक जुम्लाको देपालगाउँमा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।
जुम्लाको पूर्वमा पर्ने गुठीचौर गाउँपालिकाको ५ नम्बर वडाले आम नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याउन फ्रिरि वाईफाई जोन घोषणा गर्दै गाउँमा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो ।
सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहसँगै साबिक कर्णालीका ४ जिल्लामा समेत इन्टरनेट सेवा दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्