तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा सोमबार फत्तेपुर प्रहरी चौकीले घरेलु मदिरा नष्ट गरेको छ । 


सप्तकोसीको फत्तेपुर, बलार्दह, भगनी लगायतका स्थान विभिन्न मितिमा प्रहरी गस्तीको क्रममा त्रियुगा पुलबाट बरामद गरिएको ४५ लिटर घरेलु मदिरा (रक्सी) प्रहरीले स्थानीयको रोहबरमा फत्तेपुरको नहरमा पोखेर नष्ट गरेको फत्तेपुर चौकीका असई दीपेन्द्र बस्नेतले जानकारी दिनुभयो । 


उहाँका अनुसार अवैध रुपमा घरेलु रक्सी उदयपुर र सप्तकोसीबाट कञ्चनरुपको विभिन्न स्थानमा लगेर बिक्री वितरण गरिने भएकोले प्रहरीले गस्तीको क्रममा समातेर नष्ट गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button