तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकुहरू मारिएका छन् ।

घटनाका कारण अरू पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरूका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ ।

लडाकु समूहले लगातार हिंसात्मक गतिविधिहरू गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरू तालिबान लडाकुहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकुहरूले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तर पूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरूका बीचमा ठुलो भिडन्त भएको थियो । तालिबान लडाकुहरूको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । रासस÷एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button