तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई सहज बनाउन निर्देशन दिनुभएको छ ।

जोरपाटीस्थित अर्थोपेडिक अस्पतालमा रहेको खोप केन्द्रको स्थलगत अनुगमन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना विरुद्धको खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो ।सो क्रममा प्रधानमन्त्री देउवाले सबैलाई कोरोना विरुद्धको खोप नै आफ्नो सरकारको प्राथमिकता भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आजै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा जारी कोरोना विरुद्धको खोप कार्यको अनुगमन समेत गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button