जोनसन एण्ड जोनसन कम्पनीको खोप अभियान आजदेखि लगाइँदै(खोप केन्द्रको सूचीसहित)

काठमाडौँ। अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ ।
खोप लगाउनका लागि काठमान्डौमा विभिन्न ४४ वटा खोपकेन्द्र तोकिएको छ ।यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउनेछन् ।
यस्तै अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ । यो खोप साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।









प्रतिक्रिया राख्नुहोस्