तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर–जयनगर रेल्वे लिकको परीक्षण सम्पन्न

जनकपुरधाम । सञ्चालनको पूर्ण तयारीमा रहेको जनकपुर जयनगर ब्रोडगेज रेल सेवाको नव निर्मित रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण आज सम्पन्न भएको छ ।


जनकपुरधामको कुथामा निर्माण गरिएको स्टेसनबाट प्रतिघण्टा १ सय २० को गतिमा रेलको इन्जिन सहितको डब्बा कुदाएर गरिएको परीक्षण सम्पन्न भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

भारत सरकारले निर्माण गरेको रेल्वे लिक रेल गुडाउनका लागि उपयुक्त हो वा होइन भन्नका लागि इन्डियन रेल सहितको चालक दल एवं अन्य प्राविधिकहरू जनकपुरधामको कुर्था आएर भारतको जयनगरसम्म ३५ किलोमिटरमा प्रति घण्टा १ सय २० किलोमिटरको गतिमा रेल कुदाएका र सफल भएको उहाँले जानकारी दिनुभयो ।  


रेल्वेको सम्पूर्ण संरचनाको निर्माण सकिइसकेको एक वर्ष भए पनि आजको सफल परीक्षणपछि रेल सञ्चालनका लागि इन्डियन रेलले नेपाललाई सञ्चालनको अनुमति प्रदान गर्ने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button