तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पताललाई सूर्य नेपालद्वारा ३० लाख नगद सहयोग प्रदान

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि सूर्य नेपाल प्रा.ली.ले नगद ३० लाख रकम सहयोग हस्तान्तरण गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.ली.का प्रबन्ध निर्देशक प्रभाकर साहले नगरप्रमुख विजय कुमार सरावगीलाई नगद ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

पर्सा, बारा लगायत प्रदेश नम्बर २ कै सबैभन्दा ठुलो र पुरानो सरकारी अस्पतालमा विद्युत् ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि उक्त रकम सहयोग गरिएको सूर्य नेपाल प्रा.ली.का प्रबन्ध निर्देशक प्रभाकर साहले बताउनुभयो । 

कार्यक्रममा नगरप्रमुख विजय सरावगीले नारायणी अस्पतालमा विद्युतको नियमित आपूर्तिका लागि ट्रान्सफर्मर जडान अत्यावश्यक भएको र यसका साथै सूर्य नेपालले गरेको सहयोगले अस्पताल व्यवस्थापनमा समेत टेवा पुग्ने हुँदा रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र प्रधान, नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button