करेन्ट लागेर सुनसरीमा २ जनाको मृत्यु

सुनसरी । सुनसरीमा छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको हो ।
वराहक्षेत्र २ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर वरिपरि हात्ती रोक्नका लागी लगाइएको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका थिए ।
घाइते घिमिरेको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, इटहरी १७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार साँझ ६ बजे घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका खत्रीको विराट टिचिङ हस्पिटल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्