बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७३ जना र बाँकेका ३२१ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्