तपाईँ सुन्दै हुनुहुन्छः

अध्यादेशबाट बजेट ल्याउनु बाध्यता : मन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अर्कमन्यतामा फसेको नेतृत्वका कारण कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनु पर्ने बाध्यता आएको बताएका छन् । बजेटमा माथि छलफल नगरी नियमित संसद् अवरुद्ध गर्नु ओली समूहको घमण्डी पनाले अध्यादेश मार्फत बजेट ल्याउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । 

आइतबार सल्यान खलङ्गामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले बजेट भनेको जनता केन्द्रित र प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयमा समेत ओली समूहले संसद् अवरुद्ध गर्नुको ठाउँमा छलफल गर्नु पर्ने बताए । उनले भने ‘संसद् अवरुद्ध गर्नु भन्दा बजेट पास हुन नदिएको भए पनि हुने थियो ।’

कर्णाली प्रदेशमा एमाले प्रतिपक्षमा नभई सरकारमै सहभागी रहेको बताए । नवौँ महाधिवेशनबाट निर्वाचित समितिको बैठकले यदि सरकारबाट हट्ने निर्णय गर्छ भने आफूँहरु सरकारबाट बाहिर तयार रहेको शाहीको भनाई छ । अदालतले अवैधानिक भएको भनी फैसला गरेको समितिको निर्णय मान्नु पर्ने बाध्यकारी अवस्था नरहेको उनको दाबी छ । उनले भने ‘कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुनै आधिकारिक निर्णय भएको छैन । यदि कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले सरकारबाट फिर्ता हुने निर्णय गर्नुहुन्छ भने हामी सरकारबाट बाहिरिन्छौ ।’ 

सरकारको पक्षमा फ्लोर क्रस गरेको अवस्था र अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा ओली समूहले हामीलाई निलम्बन गर्नुको कुनै अर्थ नहुने बताए । उनले भने ‘उहाँको नजरमा त हामी एमाले त होइनौ नि, हामी पो एमाले हौ त, एकातिर सर्वोच्चमा मुद्दा हाल्नु हुन्छ अर्को तिर सदन चलाएर एमालेको सरकार बनाउनु पर्‍यो भनेर द्वैध चरित्र देखाउनु हुन्छ ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button