जसपा संसदीय दलको बैठक शुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षका काठमाडौँमा उपलब्ध करिब दुई दर्जन बढी सांसदहरू बैठकमा सहभागी भएको उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँड, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित हुने जनाइएको चौरसियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्