प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा आज बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने र मत दिने सांसद एमालेमा नरहने जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतमसहितका नेताहरू अनुपस्थित हुनुहुन्थ्यो । यसअघि शुक्रवार स्थायी कमिटी र संसदीय दलको बैठक पनि नेपाल पक्षका नेताहरू उपस्थित हुनुभएको थिएन ।
नेता नेपाल पक्षले सहमतिबिना बैठक बोलाइएको भन्दै सहभागी नहुने अडान राख्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्