तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारीमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारीमा लाग्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ट विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आइसियुको प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । 

उहाँले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्दै बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button