तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आजदेखि पुनः कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

file photo

नेपालगन्ज  । बाँकेमा आजदेखि पुनः कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिले प्राप्त भेरोसेल  खोप जिल्लामा दुई चरणमा लगाइनेछ । 

पहिलो चरणमा आजदेखि ५ गतेसम्म चार वटा पालिकामा भेरोसेल खोपको पहिलो डोज लगाइनेछ । बैजनाथ, डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा खोप लगाइँदै छ ।

५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका पहिलो डोज लगाउन बाँकी नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

अन्य चार पालिकामा भने साउन १० देखि १२ गतेसम्म खोप लगाइनेछ ।  

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकीमा साउन १० देखि १२ गतेसम्म कोरोना विरुद्धको खोप लगाइनेछ । 

५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र र शिक्षक(कर्मचारीको हकमा संस्थाले जारी गरेको परिचयपत्र लिएर खोप लगाउन जानुपर्नेछ । सबै वडाका स्वास्थ्य संस्थाहरूबाट खोप दिइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button