खेत जोत्नेक्रममा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु
चितवन । चितवनमा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरमा बस्ने सन्दीप मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ८ बजे कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका चालक मगरको उपचारको क्रममा ८ बजेर ४० मिनेटमा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्