निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेबाट कार्यान्वयनमा
काठमाडौँ । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेबाट कार्यान्वयनमा आएको छ ।
सरकारले चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक १५ हजार पुर्याएर साउनदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।
अब श्रमिकले आधारभूत पारिश्रमिक बापत ९ हजार ३८५ र महँगी भत्ताबापत ५ हजार ६१५ गरी मासिक १५ हजार पाउने छन् ।
दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले आधारभूत पारिश्रमिक ३६१ र महँगी भत्ता २१६ गरी प्रतिदिन ५७७ पाउने छन् । यस्तै घण्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता रु २९ गरी प्रतिघण्टा ७७ पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ रहेको थियो ।
यसैबिच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ११ हजार ५६१ रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्